logo
२०८० चैत्र १६ शुक्रवार



तीन दिने भर्चुअल चलचित्र महोत्सव शुक्रबारदेखि हुँदै

मनोरञ्जन |


तीन दिने भर्चुअल चलचित्र महोत्सव शुक्रबारदेखि हुँदै


यलु जाेशी
काठमाडौं, असोज ३० गते । कोरोना महामारीको कारण बन्द रहेको चलचित्र उद्योगलाई गतिशील बनाउने शुक्रबारदेखि तीन दिने भर्चुअल चलचित्र महोत्सवको आयोजना गरिएको छ ।
अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले आयोजना गरेको चलचित्र महोत्सवका फिल्म स्क्रिनिङदेखि देश तथा विदेशी चलचित्रकर्मीसँग अन्तरक्रिया गरिएको छ ।
निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले महामारीका कारण सुस्त रहेको चलचित्र उद्योगलाई गतिशील बनाउन महोत्सवको गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुरालाई चिन्तन गर्ने समय दिएको छ र प्राज्ञिक बहसमार्फत् हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौं भन्ने लागेर भर्चुअल चलचित्र महोत्सवको अवधारणा लिएर आएका हौ ।
शुक्रवार शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग चलचित्र स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नुभएको थियो ।
यस्तै आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलले पनि चलचित्रबारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि दोस्रो दिन अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दिने अवसरका बारेमा कुरा गर्ने जनाइएको छ ।
चलचित्र उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग छलफल गर्नेछन् ।
आइतवार विद्यार्थी लक्षित गरि हुने कार्यशाला निश्चल बस्नेत, दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्ने पनि आयोजकले जनाएको छ ।
चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले चलचित्रसम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् । त्यस्तै, निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?