logo
२०८१ बैशाख ७ शुक्रवार



प्रदेश नं. २ मा ९५ जना नयाँ संक्रमित थपिए, २४३ निको भए

फिचर |
प्रदेश |


प्रदेश नं. २ मा ९५ जना नयाँ संक्रमित थपिए, २४३ निको भए



प्रदेश २ व्युरो
जनकपुरधाम, अशोज ९ गते । प्रदेश नं. २ मा शुक्रबार ९५ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ८३ जना पुरुष गरी ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार २४६ पुगेकोे उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज रौतहटमा सबैभन्दा बढी ३५ जना, धनुषामा १० जना ,महोतरीमा १ जना ,सर्लाहीमा १३ जना बारामा ६ जना सिरहामा ९ जना, पर्सामा १२ र सप्तरीमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं. २ मा पर्साको पोखरिया नगरपालिका वडा नं.१ बंकटवा टोलका एक ७७ वर्षीय पुरुषको मृत्यु भएको बताउनुभयो ।

योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसका कारण २० महिला र १०५ जना पुरुष गरी मृत्यु हुनेको संख्या १२५ पुगेको निमित निर्देशक झाले बताउनुभयो ।
उहाँले प्रदेश नं. २ मा गत २४ घण्टामा ४५ महिला र १९८ पुरुष गरी २४३ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर फर्किनेको संख्या सात हजार ४५६ पुगेको निमित स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?