logo
२०८१ बैशाख ६ बिहीवार



दानव नदीले भर्थापुरका घर भत्किए, उद्धारमा प्रहरी खटिए

खुला |
समाज |


दानव नदीले भर्थापुरका घर भत्किए,  उद्धारमा प्रहरी खटिए



लक्ष्मण पौडेल
भैरहवा, असोज ९ गते । लगातारको वर्षाको कारण दानव नदीको पानीको बहाव बढ्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरका घरहरु भत्किएका छन् । बाढीले भर्थापुरवासीको घरमा पानी समेत पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्थापुरनिवासी भुराहु धुनिया, तिलक धुनिया, कुमार मल्लाह र अजित धुनियाको फुसले छाएको कच्ची घरभित्र पानी पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै सोही स्थानका राधेश्याम मल्लाहको फुसले छाएको र उद्धव मल्लाहको माटोको देवाल भएको घरको पश्चिमतर्फको पर्खाल भत्किएको खत्रीले जानकारी दिनुभयो । त्यसैगरी अजय मल्लाहको माटोको देवल भएको फुसले छाएको कच्ची घर भत्किएको प्रहरीले जनाएको छ ।

घरहरुमा डुबान र भत्किएको भन्ने जानकारी पाउनासाथ उद्धारमा लागि प्रहरी टोली खटिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्थापुरकाको चारघरमा पानी पसेपछि सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ । अविरल पानी परेको कारण सशस्त्र प्रहरी बल करौताको टोलीले उनीहरुलाई छिमकीहरुको घरमा सारेको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा नौ जनाको टोलीले उनीहरुको उद्दार गरेको पोखरेलले बताउनुभयो । प्रहरी सतर्क भएको कारण घरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति हुन पाएन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २ अत्याधिक बाढीको जोखिममा पर्ने वडा हुन् । तिनाउ र दानव नदी जोडिएर एक भएर बग्ने भएको कारण यसको तटीय क्षेत्र जोखिममा पर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?