logo
२०८० चैत्र १५ बिहीवार



माछापोखरीमा डुबेर आमा र दुई छोरीसहित तीनकाे मृत्यु

खुला |


माछापोखरीमा डुबेर आमा र दुई छोरीसहित तीनकाे मृत्यु
सांकेतिक तस्बिर / साभार फिस कन्सल्ट


नवराज कट्टेल
विराटनगर, असोज ५ गते । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछापोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेर फसेपछि उद्धारका लागि गएकी आमासहित तीनैजनाको मृत्यु भएको आशंका गरिएको छ ।
पोखरीमा दुई छोरी डुबेपछि सीता उद्धार गर्न गएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो भने ९ वर्षीया कृतिका नाङ्गै र १३ वर्षीया पवित्रा भित्री बस्त्र लगाएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिन्छ, प्रहरी निरीक्षक ढकालले भन्नुभयो–घटनाको थप अनुसन्धान जारी छ । प्रहरीका अनुसार सीताका श्रीमान नौ वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आउनु् भएको थियो ।
माइती घरमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । त्यहि पोखरीको रेखदेख गर्ने जिम्मा सीतालाई रहेको परिवारमार्फत प्रहरीले सूचना पाएका हो । उनीहरु पोखरीमा डुबेको जानकारी परिवारले समेत साँझमा मात्रै थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरेर बेलुका पोखरीबाट शव निकालिएको थियो ।
प्रहरीले बेलुका ८ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको थियो । प्रहरीले मृतकमध्ये कान्छी छोरीले कपडा नलगाएको र १३ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्था देखिनु र आमा कपडामै भेटिनुले डुबेरै मृत्यु भएको प्रारम्भिक अनुमान गरेको छ ।
कपडा लगाएको बेलबारीका प्रहरी निरीक्षक ढकालले घटनाको थप अनु्सन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?