logo
२०८० चैत्र १५ बिहीवार



भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते

अन्तर्राष्ट्रिय |


भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते
तस्विर-द स्टार


हनोइ, असोज ४ गते।
भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।
भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजारभन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् ।
यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?