logo
२०८० चैत्र १५ बिहीवार



क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

प्रदेश |


क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए


चितवन, असोज ४ गते ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताउनुभयो ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना छन् ।

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?