logo
२०८० चैत्र १५ बिहीवार



भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण

अन्तर्राष्ट्रिय |


भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण
तस्विर-द् क्वीन्ट


नयाँदिल्ली, असोज १ गते। भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।
उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ । “मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
उहाँले थप लेख्नुभएको छ, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?