logo
२०८१ बैशाख ४ मंगलवार



बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा ‘ऐना झ्यालको पुतली’

मनोरञ्जन |


बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा  ‘ऐना झ्यालको पुतली’


यलु जाेशी
काठमाडौं भदौ ३१ गते । नेपालबाट दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा चलचित्र ‘ऐना झ्यालको पुतली’ छनोट भएको छ ।
सुजित बिडारी निर्देशित चलचित्र बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो ।
नेपालसँगै विभिन्न देशका १० चलचित्र छनोट सो प्रतिस्पर्धामा निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त हुने जनाइएको छ ।
कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५ औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।
चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिकाको सहरमा गएर पढ्ने सपनालाई विषयलाई समेटिएर निर्माण गरिएको छ ।
निर्देशक बिडारीले सो चलचित्रमा हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्ने बताउनुभयो ।
चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।
आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गर्नुभएको हो ।
अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?