logo
२०८० चैत्र १६ शुक्रवार

  भक्तपुर हत्याकाण्ड फलोअप  



छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

राष्ट्रिय |


छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका


केशवराज पौडेल
काठमाडौँ, भदौ २७ गते । एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार चुपी फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनुभयो ।
शुक्रबार घरको पहिलो तलामा छोराको, दोस्रोमा आमा र तेस्रोमा बुबाको शव भेटिएको थियो । छोराको टाउको चोट पटक तथा घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको थापाले बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये बाबुको शरिरमा कुनै पनि चोटपटक देखिएको छैन ।
एसएसपी थापाका अनुसार मृतकहरु भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनीहरुको पोष्र्टमार्टम भएको र बुधबारसम्म रिर्पोट आउने एसएसपी थापाले बताउनुभयो । थापाका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा शव भेटिएका थियो ।
शवको प्रकृति हेर्दा सुदिपको मृत्यु २० देखि २२ घन्टाअघि र सम्झना र सुशान्तको मृत्यु ४० देखि ४५ घन्टाअघि भएको अनुमान गरेको एसएसपी थापाका अनुसार सुदिपको मृत्यु सम्झना र सुशान्तको मृत्यु भएको २० घन्टापछि मात्रै भएको पाइएको बताउनुभयो ।

उहाँले अनुशन्धान भैरहेको बताउँदै अब पोष्टमार्टम रिर्पोटको अनुसार मात्रै थप कुरा बाहिर आउने उहाँले बताउनुभयो । सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको थियो । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । मृतक दम्पत्तिले घरमै किनारा पसल चलाउँदै आएका थिए ।
शुक्रबार सुदीपका भाइ पुग्दा भित्रबाट सिनो गन्हाएको जस्तो लागेर शंका लागेर उनले प्रहरीलाई तत्कालै खबर गरेका थिए । एसएसपी थापाले सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिएको र धारिलो हतियार समेत घरबाट बरामत गरिएको छ । सुदीपको शवमा भने चोट पटक नभएको उहाँले बताउनुभयो ।
तीनै जनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोस्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पोस्टमार्टम भएको छ । प्रहरीले घर बाहिरबाट दुई थान मुसा मार्ने बिषादीको भाडो समेत बरामद गरेको छ । बुबाको शव फेला परेको ठाउँमा बिषादीको गन्ध आएको थियो ।


राससका अनुसार मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुग्नुभएको थियो ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।

प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।”

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप ९चुप्पी० भेटिएको छ । शव गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर हत्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।”

प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भन्नुभयो, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिनुभयो । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए÷नआएको याद नभएको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?