logo
२०८१ बैशाख ७ शुक्रवार



‘ढोका’ फिल्ममा कोरोनाको कथा

मनोरञ्जन |


‘ढोका’ फिल्ममा कोरोनाको कथा



गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २१ गते । “बरु बनको बाघले खाओस् मनको बाघले नखाओस् ।” यो नेपाली उखानलाई ‘ढोका’ फिल्ममा उतारिएको छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ‘ढोका’ फिल्म सार्वजनिक भएको छ ।
वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ‘ढोका’ फिल्मको लेखन तथा निर्देशन नायक दिवस धितालले गर्नुभएकाे छ । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गर्नुभएकाे छ । दिवसले यसमा कलर डिजाइन पनि गर्नुभएकाे छ ।

चलचित्र हेर्न यहाँ क्लिक गर्नुहाेला

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?