logo
२०८० चैत्र १६ शुक्रवार



तनहुँमा समुदायमा कोरोनाः एकै दिन २० जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |
फिचर |


तनहुँमा  समुदायमा कोरोनाः एकै दिन  २० जनामा कोरोना सङ्क्रमण पुष्टि


अमरराज नहर्की

तनहुँ, साउन ३० गते  । तनहुँ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्दैगएको छ । शुक्रबार मात्रै भानु नगरपालिकाको २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणबाट ठूलो सङ्ख्यामा फैलिएको पुष्टि भएको हो ।

मङगलबार समुदाय स्तरमा नै एक निर्माण व्यवसायीमा कोरोना पुष्टी भएपछि उहाँको सम्पर्कमा रहेकाहरूमा गरिएको परीक्षणबाट २० जना सङक्रमित थपिएका हुन् । समुदाय स्तरमा नै यसरी सङक्रमितहरू बढ्दै जान थालेपछि जिल्लाको अवस्था जटिल बन्न पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराईले भानुको भन्सार क्षेत्रमा वर्कसप देखि मासु पसले र नगरपालिकाका कर्मचारी सङक्रमित भएको जानकारी दिँदै भानु नगरपालिका सिल गरिएको छ । ‘एक साताको लागि पूर्ण रुपले बन्द गरिएको छ, घरबाट बाहिर ननिस्कन माईकिङ गरेका छौँ ।’ भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख उदयराज गौलीले सङ्क्रमितको सम्पर्कमा हुनेहरूलाई सम्पूर्ण स्रोत साधन प्रयोग गरेर परीक्षणको दायरामा ल्याउने बताउनुभयो । नगरपालिकामा १२२ मध्ये ८४ जनाको रिपोर्ट आउँदा २० सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङकरबाबु अधिकारीले बताउनुभयो । सङमितहरूलाई आइसोलेसनका लागि शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थि जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रशासनद्धारा कडाई

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण फैलन नदिन । जिल्ला प्रशासन कार्यालय तनहुँले कडाइ गरेको छ । सङ्क्रमणका जोखिम रहेका विभिन्न क्षेत्रलाई सावधान अपनाउन निर्देशन दिएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालन सम्बन्धमा तयार गरिएका खाद्य परिकार लैजाने (टेक अवे ) सेवा मात्र सीमित गराइएकोे सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
यस्तै प्रशासनले मानिसहरूको जमघट, भेटघाट वा नजिकिने कार्यबाट सङ्क्रमण बढ्दै गएकोले अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा गोष्ठी, सेमिनार, छलफल, मेला जस्ता सामूहिक जमघट गर्ने कार्य नगर्ने/नगराउने निर्देशन दिएको छ । धार्मिक स्थलहरू दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने/नगराउने भनिएको छ । चाडपर्वहरूमा आफ्नै घरभित्र मात्रै सीमित रही जनस्वास्थ्यका मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यहरूले मात्र मनाउने कार्य गर्न भनेको छ । शैक्षिक सस्थाहरू विद्यालय,कजेल, ट्युसन सेन्टर, तालिम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, सेभिनार, प्रर्दशनी मेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत मनोरञ्जन स्थल बन्द गर्न भनिएको छ ।

सैलुन, व्युटिपार्लर तथा स्विमिङ पुल, जीमखाना लगायतका हेल्थ क्लब, समुहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति सबै प्रकारका धार्मिक था सामाजिक स्थल, पुस्ताकालय, सङ्ग्राहालय, तथा चिडिया खाना सञ्चालन नगर्न आग्रह गरिएको छ । फुटपाथ/खुला ठाउँ, ठेलागाडा, साईकलमा सञ्चालन भईरहेका तरकारी, फलपूmल तथा खाद्यान्न लत्ता कपडा लगायका खुद्रा व्यापार, व्यवसाय एवम् कवाडी सङ्कलन जस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुँदा भिडभाड बढ्ने हुँदा जाखिम हुने भएकोले नगर्न/नगराउन अनुरोध गरिएको छ ।

देवघाट गाउँपालिका बन्द

यसैबीच कार्यालयले देघाट गाउँपालिको वडा नम्बर ५ का दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको र तीमध्ये एक सामाजिक व्यक्ति भएको र उहाँको धेरै जनासँग सम्पर्क भएकोले गाउँपालिकाको कार्यालय तथा त्यस क्षेत्रका बैंक, वित्तीयलगायत सबै क्षेत्र साउन २९ देखि भदौ ३ गतेसम्म बन्द गरिएको जानकारी दिएको छ । धार्मिक स्थल देवघाटका वृद्धाश्रम तथा अन्य आश्रममा पनि वृद्धाहरूको सङ्ख्या धेरै भएको र तीर्थस्थल भएकोले तीर्थालुको बढी आवतजावत हुने भएकोले जोखिम बढ्ने हुँदा बजार क्षेत्र तथा सार्वजानिक यातायात पनि बन्द गर्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?