logo
२०८० चैत्र १६ शुक्रवार



दुर्घटनामा दुई जनाको मृत्यु, अटो चालक गम्भीर

खुला |


दुर्घटनामा दुई जनाको मृत्यु, अटो चालक गम्भीर


मकवानपुर समाचारदाता
हेटौँडा, साउन २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित तीनताप्के सडकखण्डमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र विपरीत दिशाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा २ ह ३४६६ नम्बरको अटो बिहीबार बिहान एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार दुर्घटनामा परी अटोमा सवार दुई पुरुषको मृत्यु भएको छ । पहिचान नखुलेका उनीहरूलाई हेटौँडा अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका अटोका चालकको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?