logo
२०८० चैत्र १५ बिहीवार



सेती अस्पताल प्रयाेगशालामा दश जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


सेती अस्पताल प्रयाेगशालामा दश जनामा कोरोना सङ्क्रमण पुष्टि
सांकेतिक तस्बिर


अविनाश चौधरी
धनगढी, साउन २७ गते । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मङ्गलबार दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४६ नमूना जाँच गर्दा दश जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

सो अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दार्चुलाको मालिकार्जुन–३ मा तीन जना, सोही जिल्लाको मार्मामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–७ र ३ मा गरी कैलालीमा दुई जना र बेलौरीमा दुई तथा बेल्डाँडीमा एक गरी कञ्चनपुरमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै प्रदेशभरि सङ्क्रमितको सङ्ख्या चार हजार ७९५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?