logo
२०८० चैत्र १६ शुक्रवार



दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

खुला |


दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द


सिन्धुपाल्चोक, साउन २५ गते । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नं वडा कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताउनुभयो । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

हाल दुई शिक्षकमध्ये एकजना टेकु प्रयोगशालामा र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?