logo
२०७७ असोज ६ मंगलवार

राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

अन्तर्राष्ट्रिय |


2020-08-08-20072
तस्विर–द न्यु अरब


वासिङ्टन, साउन २४ गते ।
इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नुभएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उहाँ अमेरिकाको वासिङ्टन आउनुहुने जनाएको छ । “राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्वारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।
वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध सङ्कटमा परिरहेका बेला उहाँहरूका बीचमा भेटवार्ता हुन लागेको हो । उहाँहरूका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरू नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ । हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्बन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायत विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप