logo
२०८० चैत्र १५ बिहीवार



एकैदिन नौ महिलासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिचर |


एकैदिन नौ महिलासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि
सांकेतिक तस्बिर


अविनाश चौधरी

धनगढी, साउन २३ गते । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार नौ महिलासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४४९ नमूना जाँच गर्दा १७ जनामा कोरोना लागेको पुष्टि भएको हो । सङ्क्रमित पुष्टि हुनेमा सबैभन्दा बढी कैलालीका रहेका छन् ।

सेती प्रादेशिक कार्यालयका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार टीकापुर नगरपालिकामा पाँच महिलासहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, गोदावरी नगरपालिका–११ मा तीन, धनगढी उपमहानगरपालिका–१२ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एक/एक जनामा कोरोना भाइरस लागेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?