logo
२०८० चैत्र १६ शुक्रवार



अत्यधिक रक्तश्राव भएपछि रसुवाबाट गर्भवती महिलाको हवाई उद्धार

खुला |


अत्यधिक रक्तश्राव भएपछि रसुवाबाट गर्भवती महिलाको हवाई उद्धार


शिवा तामाङ

काठमाडौँ, साउन २३ गते । रसुवा जिल्लाको आमाछोदीडँमो गाउँपालिका–३ निवासी गर्भवती मेघमाया तामाङको हवाई उद्धार गरिएको छ । सात महिनाकी गर्भवती तामाङ भीरबाट लडेर धेरै रक्तश्राव भई बेहोस हुनुभयो । त्यहाँ उपचार सम्भव नभएपछि ३५ वर्षीया तामाङको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार गरी शुक्रबार बिहान परोपकार तथा स्त्री रोग अस्पताल ल्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ बनाएर गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार हुँदैआएको छ ।
सोही कार्यक्रमको माध्यमबाट नेपालका दुर्गम तथा पहाडी भेगका हालसम्म १२० जना गर्भवती र सुत्केरीको उद्धार भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?