logo
२०८१ बैशाख ४ मंगलवार



कोदारीमा पहिरो गएपछि हेलम्बु राजमार्ग अवरुद्ध

प्रदेश |


कोदारीमा पहिरो गएपछि हेलम्बु राजमार्ग अवरुद्ध


मधुसुधन तिमल्सिना
काभ्रे, साउन २२ गते । हेलम्बु राजमार्गअन्तर्गत कोदारीमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । बुधबार राति परेको पानीले सडकमाथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन ।  सिन्धुपलाञ्चोक जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने मण्डनदेउपुर नगरपालिका वडा न ७ कोदारीमा पहिरो आएर सडक अवरुद्ध भएपछि दूध, तरकारीलगायत सामग्री ढुवानी रोकिएको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हेलम्बु राजमार्गको बोक्से खोलामा रहेको पुलमा पनि क्षति पुगेपछि यातायातका साधन चल्न सकेका छैनन् ।

त्यस्तै मण्डनदेउपुर नगरपालिका–११ जैसिथोक र पाँचखाल नगरपालिका जोड्ने चाखोलाको पक्की पुल भत्काएको छ । पुल भत्किएसँगै स्थानियवासीलाई वारपार गर्न र तरकारी तथा अन्य कृषि उत्पादन बजार लैजान समस्या भएको छ । उक्त पुल पटकपटक बगाउँदैआएको स्थानीयले बताएका छन् । दुई वर्षदेखि सञ्चालनमा आएको उक्त पुल पुनः बगाएको हो ।

त्यस्तै वडा न ११ मा कृषि ज्ञान केन्द्र काभ्रेले बनाएको सहकारी भवन बाढीले बगाएको छ । स्थानीयका अनुसार फिलिङ माटोमाथि नै उक्त भवन बनाइएको थियो । नगरका अन्य वडामा जाने सडक पनि भत्किएका छन् ।
पानीले मण्डनदेउपुर नगरपालिकाका रोपाइँ भएका सयौँ रोपनी खेत पनि बगाएको स्थानीयवासीले बताए । उता इन्द्रावती नदीले पनि खेत बगाएको बताइएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?