logo
२०८० चैत्र १५ बिहीवार



कैलालीमा थपिए नौ जना कोरोना सङ्क्रमित

प्रदेश |


कैलालीमा थपिए नौ जना कोरोना सङ्क्रमित
सांकेतिक तस्बिर


अविनाश चौधरी

धनगढी, साउन १९ गते । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार कैलालीका नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६६ नमूना जाँच गर्दा छ महिलासहित २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अस्पतालले दिएको जानकारी अनुसार कैलालीको गोदावरी नगरपालिकामा एक तीन वर्षीय बालकसहित नौ जना सङ्क्रमित फेला परेका छन् ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकामा तीन, बेदकोट र कृष्णपुर नगरपालिकामा दुई/दुई र अछामको साँफेबगर नगरपालिकामा चार जना सङ्क्रमित फेला परेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सुदूरपश्चिम कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार छ सयभन्दा बढी भएको छ । जसमध्ये सबैभन्दा सङ्क्रमित कैलालीमा फेला परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?