logo
२०८० चैत्र १६ शुक्रवार



जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

अर्थ |
अन्तर्राष्ट्रिय |


जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर


वासिङ्टन, असार ३० गते।
संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ खर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ ।
जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्याङ्कलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्याङ्कले देखाएको छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले सङ्कुचन आएको र यो सङ्कुचन सन् २००८/०९ देखिएको विश्वव्यापी वित्तीय सङ्कटपछि पहिलो पटक उच्च देखिएको हो ।
कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा सङ्कुचन आएको अमेरिकी अर्थमन्त्रालयको दावी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?