logo
२०८० चैत्र १६ शुक्रवार



१४ वर्षपछि हत्यारा समातिए

खुला |


१४ वर्षपछि हत्यारा समातिए


काठमाडौँ, असार २९ गते । काम बिगारेकोमा गाली गरेको भन्दै २०६३ साल पुस २० गते दम्पतीको हत्या गरेर फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४ सितापाइलामा रहेको कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षका नातीकाजी सुवेदी र उहाँकी श्रीमती ४४ वर्षकी सानु सुवेदीलाई उहाँहरूकै मिलमा काम गर्ने सर्लाहीका जय किशोर शाह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेकोमा सीआइबीले उनीहरूलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न अभियुक्त जयकिशोर शाहलाई असार २८ गते बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको हो । आफैँले काम गरिरहेको समिलका मालिकले काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर सोको बदला लिन समिलको नजिकै अमृत मैनालीको घरमा डेरा गरी बस्ने निज सुवेदी, निजका श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गर्ने दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनउमा गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना त्यसपछि अन्यत्रै लागेपछि शाहले जय शर्माको नामबाट भारतीय आधार कार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदली गरेर भारतको लखनउमा बस्दैआएका थिए ।

घटनामा गम्भीर घाइते भई बाँच्न सफल (तत्कालको समयमा १५ वर्षका) विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाको सहयोगसमेतका आधारमा अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, हुलिया सनाखतको आधारमा प्रहरीले सुवेदी दम्पती हत्याका मुख्य अभियुक्तसम्म पुगेको सीआइबीका प्रमुख डीआइजी सहकुलबहादुर थापाले बताउनुुभयो । अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारबाहीको दायरामा ल्याई पीडित परिवारलाई न्यायको प्रत्याभूति दिलाउने कार्यमा कुनै कसर बाँकी नराखिने डीआइजी थापाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?