logo
२०८० चैत्र १६ शुक्रवार



ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि कोरोना सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि कोरोना सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २८ गते । बलिऊड अभिनेत्री ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्या कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको हो । समाचार संस्था पीटीआईले दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

भारतको महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्नुहुँदै उहाँ दुवै जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । ऐश्वर्या र आराध्या दुवै जनालाई १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्न सुझाइएको छ ।
यसअघि शनिबार राति नै ऐश्वर्या, आराध्या र अभिनेता अमिताभ बच्चनकी श्रीमतीसमेत रहनुभएकी जया बच्चनमा -यापिड टेष्ट गरिएको थियो । जसको परिणाम निगेटिभ आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?