logo
२०८० चैत्र १५ बिहीवार

 पाेखरा पहिराे अपडेट 



मृतक सात जनाको सनाखत, घाइतेकाे मणिपालमा उपचार हुँदै

पढ्नै पर्ने |


मृतक सात जनाको सनाखत, घाइतेकाे मणिपालमा उपचार हुँदै


तारा चापागाई दुवे

पोखरा, असार २६ गते । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट स्थित गोठाधीमा गएको पहिरोमा परि मृत्युहुनेहरुको सनाखत भएको छ । 

मृत्य हुनेहरुमा ५० बर्षका टंकबहादुर थापा उहाँकी श्रीमती ४० वर्षकी सोममाया थापा, ६ बर्षका नाती सुवान थापाको पहिचान भएको छ । उहाँका छोरी तर्फका २ नातीमध्ये एक जनाको मृत्यु र एक जना घाइते भएको भएपनि उनिहरुका आमा समेत घाईते भएकाले मृत्युहुने कुन हुन भन्ने अन्यले पहिचान गर्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालेले जानकारी दिनुभयो ।

दमौली घर भएकी छोरी सरस्वती श्रेष्ठको दुई छोरा बर्ष ८ का शितल श्रेष्ठ र बर्ष १० का सन्देश श्रेष्ठ मध्ये एक जनाको मृत्यु भएको हो । आमा घाइते रहेकाले कुनशितलर कुन सन्देश हुन पहिचान गर्न समस्या भएको हमालले जानकारी दिनुभयो । उनिहरुसँगै पहिरोमा परेर छिमेकी १९ वर्षकी इशिका थापाको समेत मृत्यु भएको छ । मृतक सबैको शवपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

यसैगरि घाइते हुनेहरुमा टंकबहादुरकी छोरी २२ बर्षकी पिंकी थापा र उहाँकी छोरी ५ बर्षकी पिरिषा थापासँगै टंकबहादुरकी १८ बर्षकी छोरी आशा थापा, दमौली घर भएकी टंकबहादुरकी २८ बर्षकी छोरी सरस्वती थापा, छिमेकी १९ बर्षकी अनिशा तामाङ, छिमेकी बर्ष १९ को रशि थापा र १९ बर्षका रश्मी थापा रहेका छन् । घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

पोखरा महानगरपालिका २५ हेमजामा गएको पहिरोमा परि ७० वर्षीया भीमकली अधिकारीको मृत्यु सँगै घरमा रहेकातीन वटा बाख्रा पुरिएका छन् । त्यसैगरि पोखरा महानगर पालिका वडा नम्बर २६ पैतेको डाडामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४५ बर्षीया विवेक परियार रहनु भएको छ । विहीबार रात घर पहिरोमा पुरिदा घरका अन्य सदस्य भाग्न सफल भएपनि विवेक पहिरोमा पर्नु भएको हो । अहिले उहाँको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

यो पनि हेर्नुहोस्ः  मृतकको सङ्ख्या छ पुग्यो, घाइतेकाे मणिपालमा उपचार हुँदै

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?