logo
२०८० चैत्र १५ बिहीवार



कोरोना सङ्क्रमणबाट ४१ वर्षीय अभिनेता कोर्डेरोको निधन

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


कोरोना सङ्क्रमणबाट ४१ वर्षीय अभिनेता कोर्डेरोको निधन
तस्विर–द् गार्जियन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २२ गते । टोनी पुरस्कारका लागि मनोनित अमेरिकी अभिनेता निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । द गार्जियनका अनुसार कोरोनाभाइरसविरुद्ध सङ्घर्षरत् ४१ वर्षीय कोर्डेरो पछिल्लो ९५ दिनदेखि लस एञ्जलसस्थित एक अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको आइतबार बिहान निधन भएको हो ।
कोर्डेरोकी श्रीमती अमान्डा क्लुट्सले कोर्डेरोको मृत्युपछि परिवार एक्लिएको बताउनुभएको छ । इन्स्टाग्राममा क्लुट्सले लेख्नुभएको छ, “भगवानकहाँ स्वर्गमा अर्को दूत पुगेका छन् ।” ‘वेट्रेस’, ‘अ ब्रोन्क्स टेल’, ‘बुलेट्स ओभर ब्रोडवे’लाई सङ्गीतबद्ध गर्नुका साथै अभियन गर्नुभएका कोर्डेरो आफ्नो मित्रतापूर्ण र सहयोगी व्यवहारले छुट्टै परिचय बनाउनुभएको थियो । कोर्डेरोकी श्रीमती र एक एक वर्षीय छोरा एल्भिस छन् ।
कोर्डेरोको निधनमा हलिऊडका चर्चित अभिनेता र सङ्गीतकारले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?