logo
२०८० चैत्र १५ बिहीवार



भारतीय कोरियोग्राफर सरोज खानको निधन

मनोरञ्जन |


भारतीय कोरियोग्राफर सरोज खानको निधन


गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १९ गते । भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालमा उहाँको बिहान १ बजेर ५२ मिनेटमा निधन भएको इन्डिया टिभी न्युजले जनाइएको छ ।
श्वासप्रश्वासमा गाह्रो भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको थियो । दुई सयभन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसक्नुभएको खानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु गर्नुभएको थियो ।

उहाँले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कलङ्क (२०१९) हो । तीन वर्षको उमेरदेखि नै विभिन्न चलचित्रमा नृत्य गरी आत्मनिर्भर रहनुभएको खानले दुई हजार गीतहरूमा कोरियोग्राफी गरिसक्नुभयो । उहाँको हवा हवाई, एक दो तीन, ढकढक करने लगा, डोला रे डोरा, चने के खेतमे जस्ता गीतको नृत्य चर्चित रहेको छ । उहाँका श्रीमान, एक छोरा र दुई छोरी हुनुहुन्छ । शुक्रबार नै खानको अन्तिम संस्कार गर्ने पनि जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?