logo
२०८० चैत्र १५ बिहीवार



कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नजिक

फिचर |


कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नजिक


मुना हमाल
सुर्खेत, असार १८ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय नजिक पुगेको छ । बिहीबार थप छ जनामा कोरोना सङ्क्रमण देखिएसँगै यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४७४ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिको परीक्षणमा सुर्खेतका तीन र स्याङ्जा घर भई हाल सुर्खेतमा रहेका एक जना तथा दैलेखका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा निको हुनेको सङ्ख्या एक हजार १२७ पुगेको छ । बिहीबार मात्रै ४९ जना निको भएका हुन् । निको हुने सबै सुर्खेतका हुन् । अहिलेसम्म कर्णालीमा कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?