logo
२०८० चैत्र १६ शुक्रवार



मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

अन्तर्राष्ट्रिय |


मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित


लिलोङ्वे, असार १४ गते ।
मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुनुभएको छ । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गर्नुभएको हो ।
चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी हुनुभएको मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ ।
आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भन्नुभयो, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।”
चक्वेराले मालावीका वर्तमान उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?