logo
२०८१ बैशाख ७ शुक्रवार



बलिवुड सङ्गीतकार ४२ वर्षीय वाजिद खानको निधन

मनोरञ्जन |
फिचर |


बलिवुड सङ्गीतकार ४२ वर्षीय वाजिद खानको निधन


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १९ गते । बलिवुडका चर्चित सङ्गीतकार वाजिद खानको निधन भएको छ । मृगौला राेग पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्यपि कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
‘साजिद वाजिद’को नामले चर्चित सङ्गीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का सङ्गीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गर्नुभएको छ । मृगौलामा सङ्क्रमण भएपछि उहाँ पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो । केही दिनअघि मात्रै उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बईस्थित चंगुरको अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो ।
सन् १९९८ मा बलिवुडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो सङ्गीत जीवनको सुरुवात गर्नुभएको साजिद वाजिदका वाजिदले ‘दबङ्ग’, ‘वान्टेड’ र ‘मुझसे शादी करोगी’ जस्ता चर्चित फिल्ममा सङ्गीत दिनुभएको थियो ।
बलिवुडका अभिनेता तथा अभिनेत्रीले उहाँको निधनप्रति समवेदन प्रकट गर्नुभएको छ । चर्चित गायक सोनु निगमले पनि वाजिदको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?