logo
२०८१ बैशाख ५ बुधवार



बाइस सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

समाज |


बाइस सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना


काठमाडौँ, जेठ १६ गते ।  युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् ।

ती २२ सङ्घसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोतीका वडाअध्यक्षसहितले मृतक नवराज विकको प्रेमिकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको भनिएको घटनामा नवराज विकसहित पाँचको मृत्यु भएको र एक अझै पनि बेपत्ता रहेको मानवताविरोधी अपराधजन्य घटनाप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।”

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक अझै बेपत्ता छन् ।

निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले समेत आवाज उठाउँदै आएका छन् । ती सङ्घसंस्थाले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी दायाराभित्र ल्याइ कानूनी कारवाहीका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?