logo
२०८१ बैशाख ७ शुक्रवार



ढिस्कोले पुरिएर श्रीमान् श्रीमतीको ज्यान गयो

खुला |


ढिस्कोले पुरिएर श्रीमान् श्रीमतीको ज्यान गयो


सहदेव बस्नेत
जाजरकाेट, जेठ १४ गते । नलगाड नगरपालिका–९ तात्रमा बालुवाको ढिस्कोले पुरिएर मङ्गलबार एकै घरका श्रीमान् श्रीमतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । निर्माणाधीन चारकोठे स्वास्थ्यचौकी भवनका लागि खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर उक्त घटना भएको हो ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठ खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर नलगाड नगरपालिका–९ कि ३३ वर्षीय कुमारी सिंहको घटना स्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका ४१ वर्षीय एकबहादुर सिंहको उपचारका लागि सदरमुकामतर्फ ल्याउँदै गर्दा भेरी नगरपालिका–३ स्यालामा मृत्यु भएको हो ।

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलका अनुसार माथिबाट  खसेकाे बालुवाको ढिस्काले चोट लागेर घाइते हुनेहरूमा नलगाड नगरपालिका–९ कै ११ वर्षीया बालिका तारा सिंह, ३६ वर्षीया कमला सिंह, ३३ वर्षीया लक्ष्मी सिंह, ३७ वर्षीय कमला सिंह रहेका छन् ।

घाइतेहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्र, दल्लीमा भइरहेको प्रहरीले जनाएको छ । ११ वर्षीया बालिका तारा सिंह आमासँग खेलिरहेको अवस्थामा माथिबाट खसेकाे ढिस्कोले चोट लागेर घाइते भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?