logo
२०८० चैत्र १६ शुक्रवार



नायिकाहरूको नक्कली अश्लील भिडियो बनाउनेविरुद्ध उजुरी

मनोरञ्जन |


नायिकाहरूको नक्कली अश्लील भिडियो बनाउनेविरुद्ध उजुरी
तस्बिर साभार : रवीन्द्र खड्काकाे फेसबुक


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १३ गते । नेपाली चलचित्रका नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली अश्लील भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ ।

मङ्गलबार महानगरीय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाउनुभएको हो ।
पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ खड्काले भन्नुभयो, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले चलचित्रमा काम गर्ने नायिकाहरूलाई मानसिक तनाव दिएको छ ।

अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा  लेखिएकाे छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछौं ।’
हिजोमात्र एक नायिकाले पनि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा तत्काल छानबिन गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?