logo
२०८१ बैशाख ८ शनिवार



दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल

मनोरञ्जन |


दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल


गोरखापत्र अनलाइन
काठमाडाैँ, जेठ ५ गते । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ अाैं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समयअघि उत्कृट पाँचमा पर्नुभएको घोषणा गरिएको थियो।
अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थर गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा यसअघि साे उपाधि पाउनुभएकाे थिएन । यसअघि देवेश पाेखरेललाई अमेरिकन आइडलको उपाधि दावेदारका रूपमा हेरिए पनि  जस्ट साम नामकी अमेरिकी युवतीले जित्न सफल हुनुभएकाे छ । अन्तिम प्रस्तुतिमा दुई वटा गीत गाउनुपर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाउनुभएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?