logo
२०७७ जेष्ठ १६ शुक्रवार

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल

मनोरञ्जन |


2020-05-18-14576


गोरखापत्र अनलाइन

काठमाडाै, जेठ ५ गते । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको छ । उहाँ अब अमेरिकी अइडलको दावेदार बन्नु भएको छ । अमेरिकन अइडलकाे विवेता अाजै घोषणा हुने छ ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । 

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप सेभेनमा पुग्न सक्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?