logo
२०८० चैत्र १६ शुक्रवार



दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

मनोरञ्जन |
फिचर |


दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा


यलु जाेशी

काठमाडाैं वैशाख २९ गते । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट सात मा पर्न सफल हुनुभएको छ ।  

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । 

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप सेभेनमा पुग्न सक्नुभएको हो । दिवेशको दमदार प्रस्तुतिबाट जजहरु निकै प्रभावित हुने गरेको र उहाँलाई अहिले अमेरिकन आइडलको दरो प्रतिश्पर्धीका रुपमा पनि हेरिने गरिएको छ । यो चरणमा पनि छनाेट हुन सफल भए उहाँ टप पाइभ अर्थात  फाइनलमा पुग्नु हुने छ । फाइनल प्रतिश्पर्धा यही मे १७ मा हुने छ ।

उहाँको प्रस्तुतिमा भोटिङका लागि अमेरिकी आइडलको वेभसाइटमा गएर वा एप मार्फत  गर्न सकिने छ । यो सुविधा अमेरिकामा बस्नेका लागि मात्र भएको हो तर नेपालबाट भोट गर्न चाहेमा भिपिएन डाउनलोड गरी गर्न सकिने छ ।

आमाको अगाडि बन इभेरको ’हे मा’ बोलको गीत गाउनुभएको पोखरेल उत्कृष्ट सातमा पर्न सफल हुनुभयो । भिडियो कल मार्फत् प्रस्तुति हेरिरहेनभएको निर्णायक लियोनेल रिचीले भन्नुभयो, फोनबुक पनि गाउन सक्छौ ।’ उहाँले स्टेजको अर्थर गन लामो सांगितिक यात्रामा निस्किएको विश्वास व्यक्त पनि गर्नुभयो ।
सन् २०१४ मा उच्च माध्यमिक तहको पढाई सकेर अमेरिका गएका उहाँका गीति एल्बमहरु पनि सार्वजनिक छन् । ’ग्रहण’ उहाँको पहिलो एल्बम हो । सन् २०१९ मा पनि पोखरेलले ’कर्णाली’, ’म’, ’खोज’ लगायत गीतहरु रेकर्ड गराउनुभएको थियो ।
आइतबार उहाँ अमेरिकन आइडलको उत्कृष्ट ७ मध्ये एक प्रतियोगी बन्नुभयो । फेसबुकमा दिवसले लेख्नुभयो , अमेरिकन आइडलको नयाँ अंक सार्वजनिक भइसकेको छ । हेर्नुस् अनि पत्ता लगाउनुस् को को टप ७ मा परेका छन् ।
निर्णायकहरुले उहाँलाई अन्तिम प्रतिस्पर्धाको लागि दाबेदार मानिएका छन् । उहाँसँगै फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो, लुइस नाइट, जोनी वेस्ट, जस्ट साम, डिलोन जेम्स आगामी चरणका लागि छनौट भएका छन् ।
‘अर्थर गन’को नामबाट परिचित पोखरेलले हरेक प्रस्तुतीमा जजबाट प्रशंसा तथा स‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् ।
काठमाडौँको रविभवनमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएको थियो । उहाँले विश्वभरका युवाहरुलाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् ।
काठमाडौंका दिवेश पोखरेल अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै हलिउड प्रस्तुतिका लागि छानिएका हुन् । अमेरिकन पोखरेललाई अबको यात्राको लागि प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको कारण अमेरिकन आइडलले एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उहाँलाई केही अंक प्राप्त हुनेछ र अर्को चरणसम्म पुग्न सहयोग पुग्नेछ ।
पोखरेलले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अनुरोध समेत गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?