logo
२०८० चैत्र १५ बिहीवार



डोटी जिल्लामा २८५ क्वारेन्टाइनमा

खुला |


डोटी जिल्लामा २८५ क्वारेन्टाइनमा



डिलबहादुर सिंह
डोटी, चैत १६ गते । कोरोना भाइरस (कोभिड –१९) सभावित संक्रमण रोकथामका लागि डोटीका बिभिन्न स्थानीय तहरुमा २ स८५ जनालाइ क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका भारतका बिभिन्न शहरहरुवाट फर्किएकाहरुलाइ क्वारेन्टाइनमा राखिएको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो,–‘अहिले सम्म २ सय ८५ जनालाइ क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्दा नियमित स्वास्थ्य परिक्षण लगायत दैनिक खाना, खाजाको ब्यवस्था स्थानीय तहले नै गरेको छ ।’
कोरोना भाइरस (कोभिड –१९) सँभावित सँंक्रमणका कारण भारत सरकारले देशमन लकडाउन गरेपछि यस क्षेत्रबाट कामका लागि भारत गएकाहरु फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?