logo
२०८१ बैशाख १२ बुधवार



अमेरिकन आइडलमा चम्कँदै नेपालका दिवेश, दोस्रो राउण्डको प्रस्तुति सोमबार प्रशारण हुने

मनोरञ्जन |
फिचर |


अमेरिकन आइडलमा चम्कँदै नेपालका दिवेश, दोस्रो राउण्डको प्रस्तुति सोमबार प्रशारण हुने


यलु जोशी
काठमाडौं, फागुन १८ गते । साङ्गितिक क्षेत्रमा विश्वले नै उत्सकताका साथ हेरिने ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) प्रति विश्वभर बाटै चासो बढेको छ ।
अमेरिकी टेलिभिजन च्यानल एबीसीबाट प्रशारण भएको पहिलो शृङ्खलामा नै उहाँ निर्णायकहरूको मन जित्न सफल हुनुभयो र दोस्रो चरणमा पुग्नुभयो । १८औं संस्करणको सो प्रतियोगिताको दोस्रो शृङ्खला अमेरिकी समय आइतबार बेलुका ८ बजे (नेपाली समय सोमबार विहान) प्रशारण हुने छ ।
नेपाली ठिटो दिवेश अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्न सक्ने अनुमान नेपाली सङ्गितकर्मी मात्र नभएर आइडलको निर्णायक मण्डलको पनि छ ।
अमेरिकन आइडलको निर्णायक केटी पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै लेख्नुभएको थियो, म भित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो !
यस्तै विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको थियो ।
अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका लुक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ ।
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुग्नुभएको थियो ।
आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा आइपुगेका पोखरेलले संगीतलाई गम्भीरतापूर्वक लिन थाल्नुभएको दुई वर्ष मात्र भयो । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आउनुभएको छ ।
काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उहाँ अमेरिका जानुभएको थियो । अमेरिका गएको पाँच वर्षभयो ।
अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतिबाट अडिसन पुगेका २१ वर्षीय उहाँले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाउनुभएको थियो ।
त्यसपछि क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाउनुभएका थियो ।
दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्वमको लोकार्पण गर्नभएको थियो । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाउनुभएको पोखरेलका एक दर्जनजति गीत छन् ।
नेपाली युवक अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् । विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको नेपाल आइडलका निर्णायकसमेत रहेका गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, त्यहाँ पुगेर पनि निर्णायकको तारिफ पाउनु अझै ठूलो उपलब्धि हो ।
दिवेश पक्कै पनि अगाडि बढ्ने छन् उहाँ थप्नुहुन्छ, तर त्योभन्दा पनि ठूलो कुरा त उसले विश्वले हेरिरहेको सोमा नेपाली हुँ भन्नभयो ।
पोखरेलको ओपन भ्वाइस, पावरफुल थ्रो र गीत छनोट हेर्दा कम्तिमा पनि टप टेनसम्म पुग्ने उहाँको दाबी छ ।
बेलायतबाट सुरु भएको ‘सिङ्गिङ रियालिटी सो’ आइडल अमेरिका पुगेपछि ग्लोबल सो बन्न पुगेको छ । नेपालमा पनि विगत तीन सिजनदेखि नेपाल आइडल चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?