logo
२०८० चैत्र १६ शुक्रवार



दमनको राप नाटक प्रदर्शन

मनोरञ्जन |


दमनको राप नाटक प्रदर्शन


इनरुवा समाचारदाता
इनरुवा, फागुन १४ गते । सुनसरीको सदरमुकाम इनरुवामा तीन दिने ‘दमनको राप’ नामक नाटक मञ्चन मंगलबार राती सम्पन्न भएको हो ।
देशमा प्रजातान्त्रिक व्यवस्था ल्याउनका लागि गरेको सर्घष र प्रजातान्त्रिक योद्धाहरुलाई दिएको यातना तथा उनीहरुले झेल्नु परेको दमनमा अधारित “दमनको राप नाटक राजनीतिककर्मी, पेशाकर्मी, शिक्षक र विधार्थी तथा पत्रकार सम्मेतले अवलोकन गरेका छन् ।
समापन कार्यक्रममा वरिष्ठ पत्रकार राजकुमार कार्की, इनरुवाका चरीबा जीवनाथ पोखरेल लगायतको उपस्थिति रहेको थियो । समापनका अवसरमा गरिएको प्रदर्शनीमा सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त नाटकका लेखक, कलाकार तथा पत्रकार गोपाल देवानले गर्नुभएको र उहाँले नै अभिनय समेत गर्नुभएको छ भने निर्देशन मूर्तिकार बिक्रम श्रीले गर्नुभएको छ । नाटकमा जिन्दावाद र मुर्दावादको नारा बढी मात्रामा रहेको दृष्य छ । इनरुवामा ‘दमनको राप’ नाटक प्रदर्शन गरि वि.सं. २०४६ सालको जनआन्दोलन तथा प्रजातन्त्र प्राप्तीका लागि नेपाली जनताले गरेको संघर्ष र आन्दोलनमा आधारित यो नाटक ३० वर्षपछि इनरुवामा देखाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?