logo
२०८० चैत्र १६ शुक्रवार



माधवनारायणका ब्रतालु पशुपतिमा (फोटो फिचर)

पढ्नै पर्ने |


माधवनारायणका ब्रतालु पशुपतिमा (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, माघ १० गते । पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म मनाइने माधवनारायण स्वस्थानीका ब्रतालुहरुले विभिन्न नदी तथा तलाउको पूजापाठ तथा स्नान गर्ने गरेका छन् ।

ब्रत बसेका ब्रतालुहरुले खाली खुट्टा पैदले शाली नदीबाट पशुपति हुँदै फर्पिङ, साँखु, पनौती, चाँगुनारायणबाट फेरि साँखु शाली नदीमै आएर सकिने परम्परा रहेको छ । माधव नारायण मेला भर्नका लागि ब्रतालु पशुपतीमा आइपुगेका छन् । त्यो क्रम हनुमन्ते, पनौतीसम्म पुग्नेगर्छ ।

यो ब्रत बस्ने ब्रतालुले ब्रत सुरु हुन अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने र जुत्ता लगाउन नहुने मान्यता रहेको छ ।

पुरुष ब्रतालु शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिने गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा रहेको छ ।

तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?