logo
२०८० चैत्र १६ शुक्रवार



बलात्कारको आरोपमा वडासचिव मण्डल पक्राउ

खुला |


बलात्कारको आरोपमा वडासचिव मण्डल पक्राउ


शिवशंङ्कर मिश्र

बारा, माघ ८ गते । शौचगर्न गएकी महिलालाई गत आईतबार बलात्कार गरेको आरोपमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका वडा नम्बर–६ का सचिव बलिराम मण्डल रहेको हो ।

घरबाट बाहिर खेतमा शौच गर्न जाँदै गरेको अवस्थामा वडा सचिव मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

वडा सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाएको बारा प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट मण्डललाई पाँच दिन म्याद थपगरि घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । घरमा शौचालय नहुँदा रातीको समयमा घर बाहिर निस्कने महिलाहरु बालत्कारको शिकार हुने गरेको घटनाहरु पटकपटकमा सार्वजनिक हुँदै आएको छ ।

यता जितपुरसिमरा उपमहानगरपालिकामा बाख्रा चराउन गएकी एक यूवतीमाथी जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर–२० बस्ने अन्दाजी बर्ष २१ की युवतीमाथी करणी प्रयास गरेको अभियोगमा सोही वडाका १८ बर्षिय नैमुदिन अंसारी, २५ बर्षिय शेष जमिन आलम र १९ बर्षिय शेष समी अख्तरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

खेतमा बाख्रा चराउन गएका बेला अचानक तीन जना अपरिचित युवकहरुले मुख थुनेर हातखुट्टा समाती नजिकैको उखुबारीमा लगेको र सोही समयमा अन्य केही बालबालिकाले होहल्ला गरेपछी खेतमा काम गर्न गएका स्थानीय विरेन्द्र प्रसाद चौरसियाले युवतीको उद्दार गरेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

प्रकाउ परेका तीनै जनाविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान प्रकृया अगाडी बढाइएको समेत पुरीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?