logo
२०८० चैत्र १६ शुक्रवार



हिमपातले जनजीवन प्रभावित (फोटो फिचर)

प्रदेश |


हिमपातले जनजीवन प्रभावित (फोटो फिचर)
तस्बिर: डिलबहादुर सिंह


डिलबहादुर सिंह

डोटी, माघ ३ गते । लगातारको भारी बर्षा र हिमपातका कारण डोटी जिल्लामा जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ । लगातारको भारी बर्षा र हिमपातका ग्रामिण क्षेत्रका बासिन्दालाई घर बाहिर निस्किन समेत समस्या भएको छ ।

लगातार तीन दिनसम्म हिमपात र भारी बर्षाका कारण उच्च हिमाली क्षेत्र मात्र नभई जिल्लाको सदरमुकाम सिलगढी, दिपायाल लगायतका क्षेत्रहरुमा समेत अत्याधिक चिसो बढेको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज सँग सिमाना जोडीएका डोटी जिल्लाको गाउँपालिकाहरु सायल र पुर्वी चौकी, महाभारत पर्वत सँग जोडिएका जिल्लाको गाउँपालिका जोरायल, शिखर नगारपालिकाको माथिल्लो भेग लगायतका विभिन्न स्थानमा बाक्लो हिउ परिरहेको छ । बाक्लो हिउ परेका कारण सो क्षेत्रमा स्थानीय बासिन्दाहरुले घरवाट बाहिर निस्किन समस्या भएको छ । हिउका कारण दैनिक काम काजमा समस्या भएको बताईएको छ ।

डोटीको सायल ४ भल्मा गाउँका भिमबहादुर बिष्टका अनुसार बिहिबार बिहान देखि बर्षा शुरु भएकोमा अहिले बाक्लो हिउ परिसकेको छ । बिष्टले भन्नुभयो,– “पशु चौपायलाई पानि, घाँस खुवाउन समेत समस्या हुन थालेको छ । हामिलाई त घर बाहिर निस्किन र पानि ल्याएर खान समेत समेत समस्या भईरहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?