logo
२०८० चैत्र १६ शुक्रवार



सेना रहेको बस दुर्घटनामा तीस घाइते

राष्ट्रिय |


सेना रहेको बस दुर्घटनामा तीस घाइते


कावासोती, मङ्सिर २८ गते ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?