logo
२०८१ बैशाख १२ बुधवार



‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक

मनोरञ्जन |


‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक


गोरखपात्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । सञ्चारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ’रङ्ग भित्रको’को भिडियो सार्वजनिक भएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गर्नु भएको छ ।
एक रानीको राजासँगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सो गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंगानाको अभिनय रहेको छ । भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?