logo
२०८० चैत्र १६ शुक्रवार



हास्यप्रधान चलचित्रप्रति तानिँदै दर्शक

मनोरञ्जन |


हास्यप्रधान चलचित्रप्रति तानिँदै दर्शक


यलु जोशी

काठमाडौँ, । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय हास्यप्रधान चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । चार वर्षअघि २०७२ सालको दशैँमा प्रदर्शन भएको हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला टीमले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ को उत्साहजनक व्यापारपछि उस्तै शैलीका चलचित्र निर्माण गर्ने क्रम बढेको छ ।
त्यसैगरी यो वर्ष पनि ५० भन्दा बढी चलचित्र प्रदर्शनी आए पनि हास्य चलचित्रले मात्र उत्साहजन व्यापार गर्न सकेका छन् ।
महजोडीको चलचित्र ‘दाल भात तरकारी’, दीपकराज गिरी, दिपाश्री निरौलाले निर्माण गर्नुभएको छ ‘माया छपक्कै’ तथा ‘कबड्डी कबड्डी’ लगायतले आम्दानी उठाउन सफल भएको छ ।
अभिनेता दीपकराज गिरी भन्नुहुन्छ, “हास्यव्यङ्ग्यमार्फत सामाजिक कुरालाई जनतासामु राख्यो भने बुझ्छ, त्यसैले यस प्रकारको चलचित्रलाई माया गरेको हो । ” अहिले दर्शकलाई हाँसो चाहिएको हो र त्यसैले यसप्रकारको चलचित्र आवश्यक भएको उहाँको तर्क छ ।
‘वडा नम्बर ६’ व्यावसायिक रूपमा सफल भएपछि यही शैलीको प्रभावमा ‘जय भोले’, ‘लाल जोडी’, ‘मेरो पैसा खोई’, ‘चङ्गा चेट’, ‘मिस्टर झोले’, ‘शत्रु गते’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘सय कडा दश’ लगायतका दर्जनौँ चलचित्र निर्माण भयो ।
हाँस्य रसका फिल्महरू सबै व्यावसायीक रूपमा सफल हुन्छन् भन्ने पनि छैन । तर, यसमध्ये किरण केसी निर्मित ‘शत्रु गते’ र अशोक शर्माको ‘जय भोले’ ले राम्रो
व्यापार गरेको थियो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हाँस्य चलचित्रलाई दर्शकले धेरै रुचाएको प्रतिक्रिया दिनुभयो ।
उहाँले दीपकराज गिरी समूहले अहिले राम्रो काम गरेको जानकारी दिदै भन्नुभयो, अपेक्षा गरेको चलचित्रले पनि राम्रो व्यापार गर्न नसकेकोमा धेरै दुख लागेको छ तर प्रदर्शनको मिति तथा प्रचार प्रसारले गर्न नजान्दा पनि यस्तो हुन्छ । नेपाली चलचित्रमा पनि प्रविधिको विकास हुनुपर्ने धारणा व्यक्त गर्दे कथावस्तु चोर्ने भन्दा पनि आफ्नोपन ल्याउनुपर्ने सुझाव छ । हास्य रसकै फिल्म ‘सुपरहिट’ भएपछि दीपक–दीपाकै टिमले २०७३ सालमा ‘छक्का पञ्जा’ बनायो भने त्यसपछि त्यसको सिक्वेललाई निरन्तरता दियो । २०७५ को दशैँमा ‘छक्का पञ्जा ३’ प्रदर्शनमा ल्यायो । यस्तै २०७६ मा छ माया छपक्कैले पनि राम्रो व्यापार ग¥यो ।
टेलिफिल्मबाट ठूलो पर्दामा फड्को मारेका हास्य कलाकार टिमको एकपछि अर्को फिल्ममा व्यावसायिक रूपमा सफल मात्र भएका छैनन्, सर्वाधिक व्यपारको कीर्तिमानसमेत
बनाएका छन् ।
सानो पर्दाका कलाकार जोडिएका फिल्मको व्यापार राम्रो देखिएपछि टेलिफिल्मबाट फिल्म निर्माण तथा अभिनयमा फड्को मार्नेहरूको लर्को पनि लामै छ ।
‘वडा नम्बर ६’ पछि ठूलो पर्दामा नदेखिएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडी क्रिकेट रङ्गशाला निर्माणसँगै चलचित्र निर्माणमा पनि व्यस्त छन् । सानो पर्दामा चर्चा कमाएका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी’, कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत कलाकार पनि फिल्म निर्माणमा जुटिरहेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?