logo
२०८१ बैशाख १२ बुधवार



मखमली मखमली देश भर एकैसाथ प्रदर्शन

मनोरञ्जन |


मखमली मखमली देश भर एकैसाथ प्रदर्शन



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १३ गते । चलचित्र “मखमली मखमली” शुत्रबारबाट देश भर एकैसाथ प्रदर्शनमा आएको छ ।
देशभरका करिब ६० वटा सिनेमाघरमा प्रदर्शन भएको चलचित्र “मखमली मखमली” पहिलो दिनमानै सुखद ओपनिङ गर्दै हाउसफुल भएको निर्मात्री सावित्रा चिलवालले बताउनुभयो ।
यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुःख पीडालाई समेटिएको चलचित्रमा दुःख पीडा, खुसि हाँसो, कमेडी, याक्सनले भरिपूर्ण चलचित्र भएको हुँदा सम्पूर्ण दर्शकको माया बटुल्न सफल भएकोछ ।
चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बन्नु भएकी नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा पर्नु भएकी नायिका शुभेच्छा थापालाई गाउँले परिवेशमा देख्न सकिन्छ ।
निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै गर्नु भएको हो ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?