logo
२०८१ बैशाख १२ बुधवार



अभिनेत्री शिल्पाले साधारण तारेकमा मुद्दा लड्न पाउने

मनोरञ्जन |


अभिनेत्री शिल्पाले साधारण तारेकमा मुद्दा लड्न पाउने


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २९ गते । जिल्ला अदालत काठमाडौँले बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरललाई साधरण तारेखमा राखेर मुद्दाको पुर्पक्षको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई साधारण तारेखमा राख्न आदेश दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
अभिनेत्री पोखरेल शुक्रबार नै अदालतमा हाजिर हुनुभएको हो । अदालतमा हाजिर भएसँगै उहाँको बयान र थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला अदालतको एकल इजलासले उहाँलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
चलचित्र निर्माता छविराज ओझासँग विवाह गर्नुभएकी पोखरेलविरुद्ध छबिकी जेठी श्रीमती हेमाले बहुविवाहमा मुद्दा दायर गर्नुभएको थियो । सोपछि उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रक्राउ पूर्जी कार्यान्वयन रोक्न माग गर्दै उहाँले उच्च अदालत पाटनमा रिट समेत दायर गर्नुभएको थियो । रिटमा सुनुवाइ गर्दै उच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको थियो ।
अन्तरिम आदेश अस्वीकार भएपछि पाखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश मङ्कलबार खारेज भएको थियो । आदेश खारेजसँगै पोखरेललाई पक्राउको बाटो प्रहरीलाई खुलेको थियो । आदेश आएसँगै शिल्पा आफै्रँ अदालतमा उपस्थित हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?