logo
२०८० चैत्र १५ बिहीवार



मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने

मनोरञ्जन |


मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । पुस ५ गते राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा पहिलो हुनेलाई तीसहजार, फस्ट रनर–अपलाई बीसहजार र सेकेन्ड रनर–अपलाई दशहजार रुपियाँ पुरस्कारसहित चाँदीको ताज प्रदान गरिनेछ ।

युवा पुस्तामाझ भाषा, कला, संस्कृतिलाई सम्वद्र्वन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसका प्रमुख दीया श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको लागि काठमाडौं, ललितपुर र भक्तपुरमा यही मङ्सिरमा अडिसनसमेत हुने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?