logo
२०८१ बैशाख १२ बुधवार



नेपालभाषा र नेपालीमा निर्माण हुने ‘सनाखत’को शुभमुहर्त

मनोरञ्जन |


नेपालभाषा र नेपालीमा निर्माण हुने ‘सनाखत’को शुभमुहर्त


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । नेपालभाषा र नेपालीमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘सनाखत’को शुभमुहर्त गरिएको छ ।

कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, सन्तोष पन्त र नायक धिरेन शाक्यले संयुक्त रुपमा मगंलबार काठमाडौंस्थित विशालबजारमा शुभमुहर्त गर्नुभएको थियो ।

कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित सनाखतमा कलाकार मदनकृष्ण श्रेष्ठ र नारायणदेवी प्रधानलगायतले अभिनय गर्नुहुनेछ ।

उक्त चलचित्रमा कलाकार आर्यम नकःमिको लेखन र निर्देशनमा ए.एन ईन्टरटेन्मेन्टले प्रस्तुन गर्नुलागेको हो ।

दिपेन बस्न्यातले छायांकन गर्नुहुने उक्त चलचित्रलाई आर्यम नकःमि, सपना शर्मा र गोपालकाजी कायस्थले संयुक्त रुपमा निर्माण गर्नुुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?