logo
२०८१ बैशाख ८ शनिवार



डीआर उपाध्यायका सातवटा एल्वम सार्वजनिक

मनोरञ्जन |


डीआर उपाध्यायका सातवटा एल्वम सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक २५ गते । डा.डिआर उपाध्यायका सातवटा एल्वम सोमबार सार्वजनिक गरिएको छ । गीतकार उपाध्यायका अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सेभेन्थ कड्स, सौभाग्यको सिन्दुर र अनुभुतिको मझेरीमा एल्वम सार्वजनिक गरिएको हो । कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सात गीति एल्बम र उपन्यास ‘सपनाकी रानी’ सार्वजनिक गर्नुभएको हो । सो अवसरमा आठ उपन्यास संगालो पनि सार्वजनिक गरिएको थियो ।

शताब्दी पुरुष जोशीलाई ५१ हजार रुपियाँसहित सम्मान गरिएको थियो । सोही अवसरमा कलाकार बसुन्धरा भुसाल र गायिका ज्ञानु राणालाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा सञ्चारकर्मी अच्युत घिमिरेले डा. डीआर उपाध्ययाका उपन्यासका बारेमा चर्चा गर्नुभएको थियो । डा. डीआर उपाध्यायका जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद, सहेली, परिष्कृत, कृति र पृथक गरी ११ एल्बम सार्वजनिक भइसकेका छन् । यसैगरी उहाँका वज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, विटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम र सपनाकी रानी उपन्यास प्रकाशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?