logo
२०८१ बैशाख ८ शनिवार



मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मनोरञ्जन |


मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल हुनुभएको छ ।
त्यसैगरी, युवतीतर्फ रुपा केसी फर्स्ट रनर–अप, नविना अधिकारी सेकेन्ड रनर–अप र पुरुषतर्फ मनोज तामाङ फर्स्ट रनर–अप, किरण दनुवार सेकेन्ड रनर–अप हुनुभएको छ ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले ३० हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नुभयो । यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने दशजनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताउनुभयो । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जित्नुभयो । प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार, निर्देशक सूर्य चन्द, मोडल, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहनुभएको थियो ।
मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा व्यवसायी राजु बन्जाडे रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?