logo
२०८० चैत्र १६ शुक्रवार



अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा स्नेहा

मनोरञ्जन |


अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा स्नेहा


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १७ गते । सिङ्गापुरमा जारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिसेस इन्टरनेसनल २०१९’ मा प्रथम उपविजेता स्नेहा राउत थापाले सहभागिता जनाउनुभएको छ ।
सो प्रतियोगिताकी विजेता भाविषा कोइराला चटौत सवारी दुर्घटनामा परी घाइते भएपछि प्रथम उपविजेता थापालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीका लागि सिफारिस गरिएको थियो ।
रिबन इन्टरटेनमेन्टका अनुसार मिसेस ब्युटिफुल नेपाल २०१८ की विजेता सङ्गीता न्यौपानेलाई सो प्रतियोगिताअन्तर्गतको एमएस इन्टरनेसनलमा प्रतिनिधित्व गराइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?